जय नेपाल

___________मुक्तक___________

गोर्खालीको सन्तान  हामी दब्न हुँदैन!
देश बचाउन  बिदेशी नाम  जप्न हुँदैन!
गरिब हौंला तर हामी स्वाभिमानी छौं,
आइ लागे  जाइलाग्नु  पर्छ खप्न हुँदैन!

                राम्जी बरुवाल
          घार,९पोखरे बगर म्याग्दी

मुनामदन

मुनामदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो । मुनमदनलाई लिएर सन् १८५९ मा आफ्नो मृत्यु अघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुना मदन चाही नजलाउनु । मुनामदन अहिले सम्मकै सबैभन्दा धेरै बिक्रि भएको पुस्तक हो । मुना मदन एक कारुणिक काव्य हो जसले मुना र मदनको बिछोडको प्रेम कहानी को बर्णन गर्छ । मदन पैसा कमाउनको लागि विदेश जान्छ र फर्कने क्रममा बाटोमा बिरामी हुन्छ । बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरु आउछन र मदनको मृत्यु भएको कुरा भन्छन । यो कुराले मुनालाई निकै पिडा हुन्छ । येही पिडा साहना नसकी शोकमै मुनाको मृत्यु हुन्छ । उता मदनलाई बाटोमा अलपत्र रुपमा एक जना भोटेले फेला पार्छ । उसले मदनको खुबै स्याहार गर्छ त्यस बेला मदन् यो भन्छ् " क्षेत्री छोरो यो पाउ छुन्छ घिणले छुदैन,मनिस् ठुलो दिलले हुन्छ जातले हुदैन") र जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमा को मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ

प्रेम दिवस

फेरि प्रस्ताब राख्छु तिमीलाई, आएको प्रेम दिवसमा
भुल्यौ किन तिम्ले कसम, खाएको प्रेम दिवसमा
जिवनका रंगिन पल मिठा मिठा गित बनाई
भुल्यौ किन रमाउंदै, गाएको प्रेम दिवसमा
पैतालाको धुलो मेरै नामको सिन्दुर भनी
भुल्यौ किन सिउंदोमा, लाएको प्रेम दिवसमा
सबको आँखा छल्दै छल्दै एकान्तमा हामी
भुल्यौ किन भेट्न, धाएको प्रेम दिवसमा